October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

बाघ दिवसको रौनक (फोटोफिचर)

बर्दिया– विश्व बाघ दिवस–२०२३ मनाइएको छ । बाघको शालिकमा पुजाआज, र्यालीसहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय केन्द्र बर्दियामा पनि दिवस धुमधामका साथ मनाइएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारास्थित बाघचोकमा शनिबार बाघको विशेष पुजा गरियो ।

Advertisement

पुजापछि स्थानीयबासीको उल्लेख्य सहभागितामा र्याली निकालिएको थियो । बाघ चोकबाट निकालिएको बाघ संरक्षण सचेतना र्याली नगरका विभिन्न स्थानको परिक्रमा गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेर समापन भएको थियो । विद्यार्थी, स्थानीय, संरक्षणकर्मी स्वस्फूर्तरुपमा र्यालीमा सहभागी थिए । उनीहरुले बाघ संरक्षणमा जोड दिएका थिए ।

Advertisement

सन् २०१० देखि बाघ दिवस अन्तर्राष्ट्रियस्तरमा मनाउँदै आइएको छ । नेपालले पनि पछिल्लो समय निरन्तर दिवस मनाइरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा भएको र्यालीमा वन्यजन्तु पीडित परिवारले पनि बाघको संरक्षणमा विशेष ध्यान दिँदै आएको जनाए । उनीहरुले परिवारु गुमाए पनि बाघ संरक्षणमा आफूहरु लागेको बताए ।

ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा बर्दिया निकुञ्जका प्रमुख अशोक भण्डारी लगायतले पूजा गरेका थिए । पूजा सकिएपछि स्थानीय विद्यालयका बालबालिकाले पञ्चे बाजा बजाउँदै सयौं विद्यार्थी, संरक्षणकर्मी लगायत कर्मचारी र्यालीमा सहभागी भएका थियो ।

बर्दियामा गत वर्षको गणना अनुसार बाघको संख्या १ सय २५ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

र्याली लीपश्चात आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बाघको संख्यामा वृद्धि हुनु सकारात्मक रहेको तर व्यवस्थापनमा चुनौती रहेको जनाए ।