April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

सूर्तीजन्य पदार्थ निषेधित सिद्धार्थनगर र तिलाेत्तमालाई सम्मान

भैरहवा- नेपाल अर्वुद रोग निवारण संस्था, रुपन्देहीले जिल्लाका दुई पालिकालाई सम्मान गरेको छ । नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरेका रुपन्देहीको तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरेको हो ।

विश्व सुर्तीजन्य पदार्थविरुद्धकाे दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति, रुपन्देहीका संयाेजक उमाकान्त चपाईँ र संस्थाका अध्यक्ष खिमबहादुर हमालले यी दुई नगरपालिकालाई सम्मान गर्नुभयाे । त्यसैअवसरमा संस्थाले संस्थाका सदस्य तथा सल्लाहकार प्रवल जनसेवा श्रीबाट विभूषित निर्मलप्रसाद लाकाैल, लायन्स क्लव डिष्ट्रिकमा निर्वाचित फष्ट भाईस डिष्ट्रिक गभर्नर पुरुषाेत्तमभक्त प्रधानाङ्ग, सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, सुभयात्रा संस्थाका अध्यक्ष मधुसुदन गैरे र जिल्ला वचत तथा ऋण सहकारी संस्था रुपन्देहीका अध्यक्ष बसन्तप्रसाद ढकाललाई सम्मान गरेकाे छ ।

तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरी क्यान्सरमुक्त समाज निर्माणको अभियानमा अग्रसर रहेकोले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निशेधित गरेका तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरिएको नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले जनाए ।

Advertisement