March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नागरिकता विधेयक प्रमाणीकरण भएकोमा पोखरेलकोआपत्ति

कपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणअगाडि नागरिकता विधेयक प्रमाणीकरण भएकोमा आपत्ति जनाएका छन्। महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत् यस्तो आपत्ति जनाएका हुन्।

Advertisement

राष्ट्रपति पौडेलले आज बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उनले आपत्ति जनाएका हुन्।

Advertisement

महासचिव पोखरेलले निष्क्रिय बनेको नागरिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणीकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो? भनी प्रश्न गरेका छन्।

सरकारले जेठ १२ मा राष्ट्रपति पौडेललाई विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेको थियो।

संघीय संसद्‌बाट पारित गरे पनि गत असोजदेखि राष्ट्रपति कार्यालयमा अलपत्र परेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण हुन राेकेकी थिइन्।

नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको व्यापक आलोचना भइरहेको छ।