सिद्धार्थ सञ्जालको अध्यक्षमा ज्ञवाली


भैरहवा– सिद्धार्थ सञ्जाल, रुपन्देही नामक संस्था गठन गरिएको छ । विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा भैरहवामा बसेको बैठकले अनिलकुमार ज्ञवालीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । यस क्षेत्रका विभिन्न समस्याहरुको समाधानका लागि संयुक्त रुपमा आवाज उठाउने उद्देश्यले संजाल बनाइएको बताइएको छ ।
समितिको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ, विष्णुप्रसाद शर्मा, संजय बजिमय, महासचिवमा सम्झना शर्मा, कोषाध्यक्षमा सतिश कुमार कौशल (दीपक), सचिवमा सचिन रोक्का र सह–कोषाध्यक्षमा धिरज घिमिरे छन् । त्यस्तै सदस्यहरुमा सूर्यकुमार सारुमगर, केशवराज ज्ञवाली, हरिश सेठिया, दीपक केसी, संजीव रोक्का, चन्द्रबहादुर थापा, नारायण कुंवर, विष्णुप्रसाद खरेल, रविन्द्र शर्मा घिमिरे, किशोर जोशी, राममिलन यादव, पिताम्बर न्यौपाने, मधुप्रसाद पन्थी, कैलाश गुप्ता, अकरम खान, विष्णु गौतम र श्रीचन्द गुप्ता छन् ।
सञ्जाल गठनपछि बसेको प्रथम बैठकले सञ्जालको संरक्षकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, प्रमुख सल्लाहकारमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सल्लाहकारमा ओमकार गौचन, खिमबहादुर खत्री र नारायणप्रसाद भण्डारीलाई चयन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि दबाबमूलक कार्यक्रम गर्न विष्णुप्रसाद शर्माको संयोकजत्वमा उपसमिति गठन गरेको छ ।
यस्तै मधुप्रसाद पन्थीको संयोजकत्वमा विधान मस्यौदा लेखन उपसमिति, सतिशकुमार कौशल (दीपक) को संयोजकत्वमा कोष वृद्धि उपसमिति र संजय बजियमको संयोजकत्वमा बेलहिया–सुनौली स्थलमार्ग समस्या समाधान उपसमिति गठन गरेको छ । बैठकले संस्था दर्ता गर्ने र खाता सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्