April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुँदै

चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । आगामी असार १, २ र ३ गते दाङमा उक्त महोत्सवको आयोजना गर्ने बोर्डले जनाएको छ । 

बोर्ड सदस्य केएल बुढाथोकीको संयोजकत्वमा महोत्सव हुन लागेको हो । महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामुलक चलचित्रहरुको प्रदर्शनी हुनेछ । चलचित्रज्ञान सम्बन्धि हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगितासमेत हुनेछ बोर्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

महोत्सवमा ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन हुने प्रवक्ता बुढाथोकीले बताएका छन् । 

Advertisement