राप्रपा संसदीय दलको उपनेतामा तामाङ चयन


राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ। शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो।
बैकठपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधानअनुसार संसदीय दलको उपनेतामा तामाङलाई मनोनयन गरेको बताए।
यस्तै, सरकारले कृषि मलमा अनुदान कटौती गरेको विरोधमा बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।
लिङ्देनले भने, ‘बैठकले संसदीय दलको विधान पारित गरेको छ। विधानबमोजिम संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको छ।’
प्रतिकृया दिनुहोस्