March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

रोकिइराखेको ट्रकमा बस र कार ठोक्किँदा एकको मृत्यु, दुई घाइते

भैरहवा– दुर्घटना हुँदा रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । रोकिइराखेको ट्रकमा बस र कार ठोक्किँदा रुपन्देहीको भैरहवामा गए राती एक जनाको ज्यान गएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

Advertisement

दुर्घटनामा परि तनहुँको भीमाद नगरपालिका वडा नं. ५ बस्ने २१ वर्षीय हरिस तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Advertisement

बुटवलबाट भैरहवातर्फ गइरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो ।

सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको निजी कार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राती करिब ३ः३० बजेको आसपासमा ठोकिएको प्रहरीले जनाएको छ ।