April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

जोखिम मोलेर सेल्फी

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिका मैनहियास्थित वडा नम्बर १ र २ जोड्ने झोलुङ्गे पुलमा सेल्फी खिच्दै युवाहरु । हुनसक्ने दुर्घटनाको जोखिमलाई बेवास्ता गर्दै युवाहरुले पुलको माथिल्लो लठ्ठामा बसेर सेल्फी खिचिरहेका छन् ।

दुई वडा जोड्न रोहिणी नदीमाथि पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तर, यसरी दुर्घनाको जोखिमलाई बेवास्ता गर्दै युवाहरुले सेल्फी लिने गरेका छन् । यस्तो प्रवृत्ति जारी रहे जुनसुकै बेला दुर्घटना हुनसक्ने स्थानीयको चिन्ता छ । सबै तस्बीरः पब्लिक कुरा

Advertisement