March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

शहीद जितेन्द्रमणि स्मृति प्रतिष्ठानद्वारा स्मारिका प्रकाशन

भैरहवा-शहीद जितेन्द्रमणि स्मृति प्रतिष्ठान, लुम्बिनीले शहीद दिवसको उपलक्ष्य पारेर स्मारिका प्रकाशित गरेको छ । शहीद, शिक्षा र स्वास्थलाई आधार मानेर प्रकाशित स्मारिकाको उप–राष्ट्रपति नन्दबहादुर पुनले एक समारोहबीच काठमाडौमा बिमोचन गरेका छन् ।

Advertisement

सो अवसरमा बोल्दै उनले प्रतिष्ठानले आफ्नो गतिविधि र उद्देश्यलाई समेटेर प्रकाशन गरेको स्मारिकाले समाजमा परिबर्तनमा सकारात्मक भूमिका खेल्ने विश्वास गरे । उनले प्रतिष्ठान शहीदको सम्मान गर्दै समाजिक क्षेत्रमा क्रियाशील रहेको भन्दै यस्ता कामले शहीदप्रति सच्चा सम्मान हुने र समाजलाई सकारात्मक दिसामा जान सहयोग पुग्ने बताए ।

Advertisement

प्रतिष्ठानले शहीद परिवार, गरिब र असहायहरुलाई आफ्नो बार्षिकी कार्यक्रममा राखेर निरन्तर सहयोग गर्दै आएको छ । यस संस्थाले कोभिडका बेला सव ब्यबस्थापन, दिर्घरोगीलाई सहयोग, रक्तदान, स्वास्थ्य शिविर जस्ता मानवीय सेवाका काम गरेको भन्दै उपराष्ट्रपतिले प्रशंसा समेत गरे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तिरबहादुर रोका मगर(डार्विन), उपाध्यक्ष नारायण हमाल, सचिव मनिषकुमार जोशी, कोषाध्यक्ष डम्मरबहादुर खत्री, सदस्य सुनिल कानु बनियाँ र तुलसी डाँगी लगायतको उपस्तिथि रहेको थियो । बिमोचन कार्यक्रम अध्यक्ष रोका मगरको अध्यक्षता, उपराष्ट्रपति पुनकाे प्रमुख अतिथ्यता र मनिष कुमार जोशीको संचालनमा भएको थियो ।