July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

उपमेयर कप भलिबलको उपाधि एभरेष्टलाई

तिलोत्तमा– चौथो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट बोर्डिङ हाई स्कुलले जितेको छ । तिलोत्तमा–८स्थित कुंवरवर्ती बोर्डिङ स्कुलको प्रांगणमासम्पन्न फाइनलमा न्यू होराइजन बोर्डिङ स्कुल बुटवललाई सोझो सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो ।

Advertisement

यस्तै साविकको शिल्ड विजेता कुंवरवर्ती बोर्डिङ हाई स्कुल तेस्रो र हिलबर्ट मावि कपिलवस्तु चौथो भएका छन् । तिलोत्तमा नगरपालिकाको आयोजना र कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा भएको प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ९ टिमको सहभागिता रहेको थियो ।

Advertisement

प्रतियोगितामा एभरेष्टकी निशा चौधरी बेस्ट स्पाइकर,यमुना रसाइली बेस्ट डिफेन्स,सरस्वती कट्टेल बेस्ट लिफ्टर,शान्ता सुनार बेस्ट प्लेयर,मिना सुनार उदियमान खेलाडी तथा अर्जुन घिमिरे बेस्ट कोच घोािषत भए । यस्तै कुंवरवर्ती बोर्डिङकी बुनु आले अनुशासित खेलाडी, न्यू होराइजनकी संगिता चौधरी बेस्ट सर्भर, हिलबर्ट माविकी स्मारिका चौधरी बेस्ट ब्लकरका रुपमा पुस्कृत भएका छन् ।

प्रतियोगिताको समापन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले नगर भित्रका संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेका चर्चा गर्दै सामुदायिक र संस्थागत विद्यालयबीच सरकारले गर्ने विभेद अन्त्य हुनुपर्ने बताए । सो अवसरमा उपमेयर जागेश्वरी चौधरीले खुलला महिला भलिबल प्रतियोगिताले आम महिलाहरुलाई खेलकुदप्रति आकर्षित गर्न सफल भएको भन्दै यस्ता प्रतियोगितालाई अझ विस्तारित र फराकिलो बनाउनुपर्ने बताइन् ।

विद्यालयका प्राचार्य दीपक खनालले विद्यालयले विद्यार्थीको सर्वाङगीण विकासका लागि शैक्षिक क्रियाकलापसंगै खेलकुद, संगीत र अतिरिक्त कियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिएको हुंदा विद्यार्थी र अभिभावकको रोजाईको विद्यालय बनेको बताए । कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेल्कुद शाखा प्रमुख गंगाराम आचार्य, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बिद्यालयका अध्यक्ष लक्ष्मण खनालले आआफ्ना भनाई राखेका थिए । प्रतियोगिताको विजेता टिमले ६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले २१ हजार र सान्त्वना हुनेले ११ हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले जानकारी दिए ।