September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा हुँदै

बुटवल– नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठक रुपन्देहीमा हुने भएको छ । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न संगठनले यही माघ २७ र २८ गते रुपन्देहीमा केन्द्रीय कार्य समितिको बैठक गर्ने भएको हो ।

संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालका अनुसार संगठनको केन्द्रीय कार्यसमितिको बैठक रुपन्देहीमा बस्ने गरी तयारी भएको छ । दुई दिन बस्ने बैठकको पूर्व सन्ध्यामा माघ २६ गते संगठनको सचिवालय वैठक समेत बस्ने गरी संगठनको केन्द्रीय पदाधिकारीको वैठकबाट निर्णय भएको बताइएको छ ।

नेकपा एमाले निकट मानिने उक्त संगठनको वैठकमा सहभागी हुन १ सय ६८ जना केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यका साथै विभिन्न आयोगका संयोजक एवं सम्पूर्ण प्रदेश कमिटीका अध्यक्षहरु रुपन्देही आउन लागेको संगठनका केन्द्रीय सदस्य एवं रुपनन्देही इन्चार्ज नारायणप्रसाद भण्डारीले बताए ।

Advertisement