September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

माओवादीकाे स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ।

Advertisement

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

Advertisement

बैठकमा समसामयिक र राजनीतिक विषयमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिए। बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघ संगठनको पुनः गठन सम्बन्धी पनि छलफल हुने बताइएको छ।

साथै बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धीका बारेमा पनि चर्चा हुनेछ।