राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि एमालेका दसौदीले गरे मनोनयन


भैरहवा- नेकपा एमालेका कुमार दसौदीले लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका छन् ।
उनले बुधबार १ बजे दाङस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । दसौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहेका छन् । मनोनयन दर्ताका बेला लुम्बिनीका मुख्यमन्त्री लिला गिरी र एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्मा पनि निर्वाचन कार्यालय पुगेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिँदै छन् । राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो ।
प्रतिकृया दिनुहोस्