October 15, 2024, Tuesday
२०८१ आश्विन २९

सुस्ता बचाउ अभियानका संयोजक गुरुङको निधन

भैरहवा– उपचारको क्रममा सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ ।

भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका गुरुङको मस्तिष्क घातका कारण ६२ वर्षमा निधन भएको हो ।

बिरामी भएपछि रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार साँझ उनको मृत्यु भएको पारिवारिले जनाएका छन् ।