September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

उपसभामुख भएपछि रास्वपाबाट अलग्गिइन् इन्दिरा राना

उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग भएकी छन्।

Advertisement

उपसभामुखमा रानाले पदमा रहुन्जेल पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको सोमबार बिहान विज्ञप्ति जारी गर्दै जानकारी गराएकी हुन्।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित भएकी थिइन्।

उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् ।