शिक्षा क्षेत्रमा लगानी बढाउँछौंः मुख्यमन्त्री गिरी


भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शिक्षा क्षेत्रको दिगो विकासका लागि लगानी बढाउने बताएका छन् । साथै शिक्षा क्षेत्रको बिकास र उन्नयनका लागि प्रदेश सरकारले काम अघि बढाएको उनले जनाए ।
आइतबार रुपन्देहीको सियारीमा रहेको पब्लिक माध्यामिक बिद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्दै मख्यमन्त्री गिरीले शिक्षा क्षेत्रको बिकास पछि मात्रै समग्र मुलुकको बिकास हुने भन्दै लगानी बृद्धि गर्नसरकार सकारात्मक रहेको बताए । प्रदेशका अधिकांश सरकारी बिद्यालयले सिमित श्रोत र साधनका बाबजुत उत्कृट कार्य गरेको उनले जनाए ।
उनले सियारीमा रहेको पब्लिक माबिले निजी स्कुलले भन्दा गुणस्तरीय शिक्षा प्रदान गरेको बताउँदै सैद्धान्तिक र व्यवहारिक शिक्षालाई युग सुहाउँदो रुपमा अगाडि बढाउन आग्रह गरे । उनले सरकारलाई आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिए ।
प्रदेशका पूर्व शिक्षामन्त्री तथा प्रदेशसभा सदस्य वसिउद्दिन खाँ, प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बिनोदकुमार श्रीवास्तव, सियारीका पूर्व गाउँपालिका अध्यक्ष अयोध्याप्रसाद चौधरी, विद्यालयका प्रथम पिएचडी डाक्टर बिष्णुप्रसाद मरासिनी लगायतले बोल्दै बिद्यालयको उन्नती र प्रगतीका लागि आ–आफ्नो ठाउँबाट आबश्यक सहयोग गर्ने प्रतिशद्धता जनाए ।
त्यस्तै, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपमहासचिव मथुरा यादव, नेपाल शिक्षक संगठनका रुपन्देही अध्यक्ष धनिश्वर गौतम, बिद्यालयका पूर्व प्रधानाध्यापक, रामकेश पाल लगायतले बोल्दै सियारीको शैक्षिक बिकासका लागि सरकारले आबश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरे ।
आजदेखि १२ गतेसम्म बिभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउन लागिएको बिद्यालयका प्राचार्य डिलाराम खनालले जानकारी दिए । स्वर्ण महोत्सवको अबसरमा स्वर्ण स्तम्भ उद्घाटन तथा प्राबिधिक भवनको मुख्यमन्त्री गिरीले उद्घाटन गरेका थिए । १२ गते सल्ने महोत्सवमा हाजिरजवाफ प्रतियोगिता, अनतर मावि बक्तृत्वकला, प्रबिधि प्रदर्शनी, स्मारिक बिमोचन, पूर्व बिद्यार्थी र शिक्षकबीच फुटवल प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्