March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बेलायती राजदुतद्वारा लुम्बिनी भ्रमण

लुम्बिनी– नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदुत निकोला पोल्लिटले लुम्बिनी भ्रमण गरेकी छन् ।

Advertisement

लुम्बिनी भ्रमणमा आएकी राजदुत निकोलालाई लुम्बिनी विकास विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्यसहितको टोलीले स्वागत गरेका थिए ।

Advertisement

उक्त अवसरमा राजदुत निकोलाले मायादेवी मन्दिर, शान्तिदीपको अवलोकन गरेकी थिइन् । भ्रमणका क्रममा बेलायती राजदुतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि बढ्नेबारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए ।

विश्वका बौद्ध भिक्षुणीहरुलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोँच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको उपाध्यक्ष मैत्तयले बताए ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको समेत सहभागिता थियो । उक्त अवसरमा कोषका तर्फबाट राजदूत निकोललाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।