February 7, 2023, Tuesday
२४ माघ २०७९, मंगलवार

चौधरी रुपन्देहीबाट प्रदेशसभामा विजयी

भैरहवा– रुपन्देही क्षेत्र नम्बर १(१) बाट प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिषकुमार चौधरी विजयी भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता विश्वनाथ यादवलाई ३ हजार १ सय ३४ मतान्तरले पराजित गरेका हुन् । चौधरीलाई एमाले र जसपाले समर्थन गरेको थियो ।

चौधरीले १७ हजार ७ सय ८५ मत ल्याएर विजयी हुँदा यादवले १४ हजार ६ सय ५१ मत ल्याए । नागरिक उन्मुक्ति पार्टीका सरोजसिंह चौधरीले ६ हजार १ सय ४३ मत प्राप्त गरे ।

Advertisement