February 7, 2023, Tuesday
२४ माघ २०७९, मंगलवार

रुपन्देही ३ मा मतान्तर फराकिलो गराउँदै गृहमन्त्री खाँण

भैरहवा– रुपन्देही क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले मतान्तर फराकिलो गराउँदै लगेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले १३ हजार ३४४ मत प्राप्त गरेका छन् ।

खाँणका निकटतम प्रतिस्पर्धी राप्रपाका नेता दीपक बोहराले ११ हजार ८७० मत पाएका छन् । खाँण र बोहराबीचको मतान्तर १ हजार ४७४ छ । अहिले सिद्धार्थनगरका विभिन्न वडाहरुको गणना चलिरहेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

Advertisement