May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

ह्यान्डबल खेलाडी छनोट खेल खेल्न दाङ प्रस्थान

भैरहवा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने लुम्बिनी प्रदेशको टिमका लागि ह्यान्डबल खेलको प्रादेशिक छनोटका लागि रुपन्देही जिल्लाको ह्यान्डबल खेलाडीहरुको छनोट सम्पन्न भएको छ ।

Advertisement

असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा हुने प्रतियोगिता हुँदैछ । रुपन्देहीको भैरहवामा भएको छनोटमा पुरुषतर्फ आकाश राना, अकृशराज शाक्य, हेमन्त थापा, सुजन नेपाली, बिष्णु चौधरी, हरिनारायण चौधरी, प्रथम गुरुङ, किरण अस्लामी, राजेश चौधरी, ओमबहादुर थापा, रोहित थारु, शरण क्षेत्री छन् । हेमन्त थापा र शरण क्षेत्री यस अघिको दक्षिण एशियाली खेलमा सहभागी भैसकेका खेलाडी हुन् ।

Advertisement

महिलातर्फ अर्चना न्यौपाने, ममताकुमारी बानियाँ, मयुरी श्रेष्ठ, समिता गुरुङ, मनिता गुरुङ, एज्जिला पुन, छाया बिक, अञ्जु न्यौपाने, एकता कुँवर, गोमा शाहा, रञ्जना न्यौपाने र शान्ति शाही छनोट भएको प्रशिक्षक कृष्णबहादुर शाक्यले बताए ।

छनोट भएका खेलाडीहरु दाङमा हुने प्रादेशिक छनोट खेल खेल्न बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । खेलाडीहरुलाई रुपन्देही ह्यान्डबल संघले एक कार्यक्रमका आयोजना गरी बिदाई गरेको छ । उनीहरुलाई संघका जिल्ला अध्यक्ष एवं बरिष्ठ प्रशिक्षक जीवन बस्नेत, सचिब सफल बस्नेत, ह्यान्डबलका पूर्व खेलाडी तथा संघका सदस्य मनोरञ्जन शर्मा लगायतले टिकाखादा लगाएर बिजयी हुन शुभकामना साथ बिदाई गरे ।

टिमसँगै प्रशिक्षक शाक्य र ब्यबस्थापक रीता पाण्डे खत्री दाङ प्रस्थान गरेका छन् । दाङमा असोज ६ र ७ गते छनोट प्रतियोगिता हुँदैछ ।