September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

२१ वर्षपछि फरार प्रतिवादी पक्राउ

भैरहवा– रुपन्देही प्रहरीले एक फरार प्रतिवादीलाई २१ वर्षपछि पक्राउ गरेको छ । ज्यान मुद्दाको फैसलापछि फरार रहेका ५७ वर्षीय रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

२०५८साउन २१ गते राति रुपन्देहीको तत्कालीन बिष्णुपुरा गाविसको वडा नं. ७ मा पसल गरी बस्ने खड्कबहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको ठहर भई हालसम्म फरार रहेका सोही ठाउँका यादवलाई २१ वर्षपछि पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको टोलीले यादवलाई मंगलबार पक्राउ गरेको हो । उक्त घटनामा संलग्नहरु भारतका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका थिए ।

रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसलाले यादवलाई दोषी ठकर गरेको थियो । पक्राउ परेका यादवलाई कारागार चलान गरिएको छ ।