दुई वर्षदेखि अस्पताल प्रमुखबिहीन
रोल्पा– यहाँस्थित जिल्ला अस्पताल दुई वर्षदेखि प्रमुखबिहीन छ । जसले गर्दा अस्पतालका नियमित कामकाज प्रभावित बनेका छन् । कार्यालय व्यवस्थापन, समन्वय र नीति एवं योजना निर्माण प्रभावित बनेका हुन् । सरकराले बुटवलस्थित लुम्बिनी प्रादेशकि अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.सोमबहादुर आलेलाई काजमा निमित्त कार्यालय प्रमुखका रुपमा पठाए पनि उनले दुवै अस्पतालमा काम गर्नुपर्ने भएकाले समस्या यथावत छ ।
नियमित रुपमा रोल्पा अस्पतालको कार्यालय प्रमुख नभएकाले एकातिर विरामीको उपचारमा जिम्मेवारी न्यून भएको छ भने अर्कातिर निर्माणाधीन अस्पतालको काम ढिलाई भइरहेको छ । ठेकेदार कम्पनीले काम गर्न ढिलो गरे पनि कार्यालय प्रमुखको अनुपस्थितिमा रेखदेख गर्ने र झकझकाउने जिम्मेवार व्यक्तिको अभाव देखिएको छ ।
दुई वर्षअघि निर्माण सकिसक्ने सम्झौता गरेको ठेकेदार कम्पनी श्री जयन्ती निर्माणले रोल्पा अस्पतालको भवन अझै निर्माण सकेको छैन । ठेकेदार काठमाडौं बस्दै आएका रोल्पाको गाम निबासी खगेन्द्र बुढामगरले वेवास्ता गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस्