भैरहवामा तीज उत्सव-२०७९ हुने


भैरहवा- सबै महिला दिदी-बहिनीलाई एकै स्थानमा जुटाएर खुल्ला रुपमा तिजको मनोरञ्जन प्रदान गर्नका लागि ओके मिडिया र युनिक साउण्डले यही बिहीवार भैरहवामा `तीज उत्सव-२०७९’ कार्यक्रमको आयोजना गरेका छन् ।
भैरहवास्थित सानु डिपार्टमेन्टस्टोरको परिसरमा आयोजना गरिने उक्त कार्यक्रम दिउँसो साढे ३ बजेदेखि राती ९ बजेसम्म संचालन आयोजकले मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए । कार्यक्रममा शुभकामनासहित तीजको महाेत्सव, तीजमा दर खादा र ब्रत बस्दा ध्यान दिनु पर्ने कुरा वारे चिकित्सकद्वारा जानकारी, विविध सांस्कृतिक कार्यक्रम, तीज गीत र गायन तथा नृत्य कार्यक्रम समावेश छन् ।
होटेल, रेष्टुरेन्ट र व्यांक्वेट हलहरुमा सिमीत हुन थालेको तिज गीत कार्यक्रमलाई खुल्ला रुपमा भेला गराइ मनोरञ्जन प्रदान गर्नु कार्यक्रमको उद्येश्य हो’, आयोजक संस्था ओके मिडियाका संचालक तथा प्रधान सम्पादक मनोरञ्जन शर्माले भने,तिजको रमाइलो विपन्न र सर्वसाधारण महिला दिदीबहिनीले पनि मनाउने अवसर जुटाएका छौं ।’
उक्त कार्यक्रममा सहभागी सबै महिला दिदीबहिनीलाई निःशुल्क प्रवेश र निशुःल्क दर खुवाइने शर्माले बताए । साथै सवैलाई नि:शुल्क मेहन्दी, तीज कोशेली कस्मेटिक सामान र गिफ्ट समेत उपलब्ध गराइने उनले जनाए । उनका अनुसार, ५ सय जना महिला दिदीबहिनीको सहभागिता रहने अनुमान गरेर तीज कोशेलीको व्यवस्था गरिएको छ । यदि सहभागी धेरै भएमा गोलाप्रथाबाट कोशेली उपलब्ध गराइने छ ।
कार्यक्रममा, सांगितिक कार्यक्रमका लागि कलाकारहरु रेनु राना मगर, कल्पना कुशुम, आरती रुचाल, हरिकला सुनार र ए.एस. डान्स समूहको प्रस्तुती रहने छ । कार्यक्रमका लागि एक दर्जन भन्दा धेरै सहयोगी संस्था रहेका छन् ।








प्रतिकृया दिनुहोस्