December 10, 2024, Tuesday
२०८१ मंसिर २५

अध्यक्ष दाहाल र नेपालबीच छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ।

ललितपुर हात्तीवनमा आज भएको छलफलमा दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारूढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको थियो।

Advertisement

यस्तै, आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यसअवसरमा छलफल भएको थियो।

माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले समसामयिक राजनीतिक विषयमा दुई शीर्ष नेताबीच कुराकानी भएको जानकारी दिए।

आजै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने तयारी छ।