December 10, 2024, Tuesday
२०८१ मंसिर २५

पार्टीका प्रतिनिधिसित छलफल गर्दै आयोग

निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिलाई आज छलफलका लागि बोलाएको छ । बिहान साढे ११ बजे पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाइएको हो ।

उनीहरूसित निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय छ ।