December 12, 2024, Thursday
२०८१ मंसिर २७

बाँकेमा ४.८ म्याग्नेच्युडको भूकम्प

पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस भएकाे छ।

पश्चिम नेपालकाे बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो।