December 12, 2024, Thursday
२०८१ मंसिर २७

दर्ताका लागि दलहरूले दिएका निवेदनबारे आजदेखि जाँचबुझ गरिने

 निर्वाचन आयोगले आजदेखि दर्ताका लागि दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ ।

मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि निवेदन दिएका सबै दलको निवेदनमा आयोगले आजदेखि जाँचबुझ गर्न थालेको हो ।

Advertisement

दलहरूले बुझाएका कागजातबारे अध्ययन गरिनेछ । त्यसपछि दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुनेछ ।

आयोगले तोकेको अवधिमा आयोगमा दल दर्ताका लागि ८४ दलले निवेदन दिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।