May 12, 2025, Monday
२०८२ बैशाख २९

महेश बस्नेतले मागे महान्यायाधीवक्ता खातीको राजीनामा

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले यस्ताे माग गरेका हुन्।

उनले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधीवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने बताए।

उनले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, कुमारी बैंकको घोटाला काण्डमा मुछिएका व्यक्तिलाई छुटाउन मुद्दा कमजोर पार्ने प्रयास, भक्तपुरको चाँगुनारायण इन्जिनियरिङ कलेजमा भएका भ्रष्टाचारका आरोपीको मुद्दा कमजोर पार्न लागेको, बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्तिलाई महान्याधीवक्ता खातीले मुद्दा कमजोर पार्ने काममा लागेको आरोप लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरे।