July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

हिरासतबाट भागेका खाँ पक्राउ

बर्दियास्थित ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा थुनामा रहेका २६ वर्षीय अब्दुल खाँ साउन ९ मा प्रहरीलाई झुक्याएर भागेका थिए ।

बाँकेको खजुरा गाउँपालिका–८ घर भएका अब्दुललाई साउन २३ मा बढैयाताल गाउँपालिका स्थित नेपाल भारत सिमनाबाट पक्राउ गरिएको बर्दियाका डिएसपी सूर्य प्रकाश सुवेदीले बताए ।

थुनुवालाई खाना खुवाउने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर उनि फरार भएका थिए । आरोपीमाथी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement