June 12, 2025, Thursday
२०८२ जेष्ठ २९ बिहीबार

सत्ता गठबन्धनले मनोमानी काम गरिरहेको छ: नेम्वाङ

दाङ- नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन सरकार संसदीय मूल्य-मान्यता अनुरुप चल्न नसकेको आरोप लगाएका छन् । शनिबार घोराहीमा प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङले प्रतिपक्ष दल नेकपा एमाले जिम्मेवारी पूर्वक प्रतिपक्ष भूमिका रहे पनि सत्ता पक्षले संसदीय मूल्य मान्यतालाई कुल्चिँदै अराजक बन्दै गइरहेको आरोप लगाए ।

उनले भने–‘सत्ता गठबन्धनले संविधान मान्दैन, कानुन मान्दैन । आफू खुसी मनोमानी काम गरिरहेको छ ।’ नेता नेम्वाङले सत्ता गठबन्धनको यही प्रवृत्तिका कारण मुलुक अस्थिरता तर्फ उन्मुख बन्दै गइरहेको उनले बताए ।

Advertisement

गठबन्धन सरकारको यही कदमका कारण मुलुकको सत्ता समाल्न नेकपा एमालेको आवश्यकता महसुस जनताले गरेकाले अबको निर्वाचनमा गठबन्धन दलहरु परास्त गर्दै नेकपा एमाले उदय हुने बताए । 

पत्रकार सम्मेलनमा नेता नेम्वाङले सत्ता गठबन्धनले नागरिकता विद्येयक, एमसीसी र एसपीपी लगायतका राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी काम गरिरहेको आरोप उनको छ ।