July 28, 2026, Tuesday
२०८३ श्रावण १२ मंगलवार

सिट बाँडफाँडको आधार प्राप्त मत र लोकप्रियता

सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार गर्नेछ। स्थानीय तहको निर्वाचनलाई मुख्य आधार बनाउँदै तालमेलको खाका तयार गर्ने पक्षमा काँग्रेस देखिन्छ।

Advertisement

त्यसअनुसार ७६ निर्वाचन क्षेत्रमा काँग्रेसले सबैभन्दा बढी मत पाएको छ। ती निर्वाचन क्षेत्र काँग्रेसले आगामी निर्वाचनमा नछाड्ने पक्षमा रहेको जानकारी दिँदै एक नेताले एमालेले सबैभन्दा धेरै मत पाएको प्रतिनिधिसभाको ७१ निर्वाचन क्षेत्रका विषयमा कार्यदलले बढी काम गर्ने दाबी गरे । 

Advertisement

त्यसरी अघि बढ्दा प्रत्यक्षतर्फ माओवादी केन्द्र करिब ४०, नेकपा एस र जसपाले १०/१५ क्षेत्र प्रत्यक्षतर्फ पाउने नेताहरूको बुझाइ छ। तर, माओवादी केन्द्र काँग्रेसलाई प्रतिनिधिसभामा बहुमत ल्याउनबाट रोक्दै वामपन्थी दलहरूमध्येको सबैभन्दा ठुलो दलका रूपमा आगामी निर्वाचनबाट स्थापित हुने रणनीतिमा छ।

त्यसका लागि काँग्रेसलाई ८५ देखि ९० निर्वाचन क्षेत्रमा समेट्ने रणनीतिमा माओवादी देखिएको छ। त्यसका लागि सत्ता गठबन्धनबाहिरका विभिन्न वामपन्थी समूहलाई समेटेर छुट्टै मोर्चा बनाउने गृहकार्यमा माओवादी जुटेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।