July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

ब्राउनसुगरसहित दुईजना पक्राउ

बाँके– प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज नाकाबाट कोहलपुर नगरपालिकाका दिपेश सुनाम परियार र नारायण बुढ थापालाई ८ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट भे ३ प २७६२ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले मोटरसाइकलमा लुकाएर ब्राउनसुगर ल्याएका थिए।

नेपालगञ्ज नाकामा रहेको लागुऔषध नियन्त्रण ब्यूरो र जमुनाहा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

Advertisement