जनार्दनको अर्थमन्त्रीमा पुनःनियुक्ति
माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पठाउने भएको छ।
करका दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि राजीनामा दिएका शर्मालाई संसदीय छानबिन समितिले सुनियोजित रुमपा सफाइ दिएपछि उनैलाई अर्थमन्त्री बनाइने भएको हो।
माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पठाउने निर्णय पार्टीले लिएको छ।’
जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि शर्माले असारस २२ गते पदबाट राजीनामा दिएका थिए।
त्यसै दिन संसदले ११ सदस्यीय छानबिन समिति बनाए उनीमाथि अध्ययन गरेको थियो। तर शुक्रबार छानबिन समितिले शर्मालाई सफाइ दिएपछि उनी लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त पाउन लागेका हुन्।
शर्माका शपथ आइतबार साँझका लागि निर्धारण भएको बालुवाटारले जनाएको छ।
प्रतिकृया दिनुहोस्