July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

महंगीविरुद्ध राप्रपाको देशव्यापी विरोध

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशव्यापी संघर्षको कार्यक्रम गरेको छ । महंगी, भ्रष्टाचार र कुशासनको विरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशनको कार्यक्रम गरिएको उक्त पार्टीले जनाएको छ ।

Advertisement

राप्रपाले गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रष्टाचारको अन्त्य, महंगी नियन्त्रण लगायत विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको थियो। सरकारले सोही माग पुरा नगरेको भन्दै राप्रपाले संघर्षको कार्यक्रम सुरु गरेको हो। मागमा भ्रष्टाचारको अन्त्य, महंगी नियन्त्रण, किसानलाई समयमा नै मल, बीउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरु छन्।

Advertisement

२२ बुँदे ज्ञापनपत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र सम्बृद्धिको निमित्त पनि राप्रपाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।

माग सम्बोधन गरिदिन भन्दै दबाबस्वरूप असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्षको कार्यक्रम गरेको थियो।

उक्त कार्यक्रमलाई सरकारले वेवास्ता गरेको भन्दै साउन ५,६ र ७ गते गते बसेको राप्रपाको केन्द्रीय समिति बैठकले पुनः संर्घषको कार्यक्रम तय गरेको हो।

सोही निर्णय अनुसार आज पनि देशव्यापी आन्दोलन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। दोस्रो चरणको पहिलो कार्यक्रम अन्र्तगत साउन ११ महंगीविरुद्ध थाल ठटाएर विरोध प्रर्दशन गरेको थियो।