‘एक कलमा डाक्टर कार्यक्रम’
रुकुम पूर्व– जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकामा ‘एक कलमा डाक्टर कार्यक्रम’ सुरु भएको छ । गाउँपालिकाले टेलिमेडिसिन सेवा सञ्चालन गरेर स्वास्थ्य सेवा प्रवाह गर्ने गरी यो कार्यक्रमको सुरुवात गरेको हो ।
गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत यो कार्यक्रम सुरु भएको छ । अब कुनै पनि बिरामीले डाक्टरलाई फोन गरेर आफ्ना समस्या राख्न सक्नेछन् । गाउँपालिका केन्द्र तकसेरामा रहेको टेलिमेडिसिन सेन्टरले फोनका साथै इमेल, म्यासेज, म्यासेन्जरमार्फत प्राप्त समस्या हल गर्ने प्रयास गर्ने जनाएको छ ।
ल्याब रिपोर्ट पनि यसैगरी डाक्टर कहाँ पुर्याउने र उपचारलाई सहज बनाउने गाउँपालिकाको तयारी छ । यसका लागि गाउँपालिकाले डा.मिलन मल्ललाई खटाएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीले सबैतिर सजिलै स्वास्थ्य सेवा पुगोस् भनेर यो सेवा सुरु गरिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्