मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


नवलपरासी– मोटरसाइकल दुर्घटना हुँदा पश्चिम नवलपरासीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाँउपालिका–२ सतपत्तीमा मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सरावल गाँउपालिका–१, सालबासका ५३ वर्षीय ओमनाथ फौहदारको मृत्यु भएको छ ।
उनको चौपत्ता स्थित शहिद स्मृति सामुदायिक अस्पतालमा उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको हो। आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ।







प्रतिकृया दिनुहोस्