September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र पठाइएन

परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ ।

Advertisement

सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो । 

Advertisement

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताइन् । उनका अनुसार ‘सरकारको निर्णय कसरी गर्ने ?’ भन्ने विषयमा छलफल भइरहेको छ । 

तर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको सम्बन्ध बिग्रने भएका कारण ‘अहिले पत्र नपठाउन’ दवाव दिएको परराष्ट्रका एक अधिकारीले खुलासा गरेको समाचार आजको राजधानीदैनिकमा प्रकाशित छ ।