आगामी चुनावबाट एमाले सरकारमा जानुपर्छ: ओली


आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । काठमाडौंमा जारी पार्टीको बागमती प्रदेश कमिटीको भेलालाई सम्बोधन गर्दै उनले एमाले आफ्नै कार्यकर्ताका कारण समस्या भएको दाबी बताए ।
एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको भन्दै उनले सत्ता गठबन्धनका नाममा पनि भइरहेकाले इमान्दारीका साथ निर्वाचनमा लाग्न आग्रह गरे। स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीको अवस्था कुनै पनि हालतमा हुन दिनु नहुने ओलीको भनाइ छ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केन्द्रित भएर निर्वाचनमा खटिनसमेत उनले नेता/कार्यकर्तालाई निर्देशन दिए। आफूहरुले जनतालाई राम्रोसँग सम्झाउन नसकेको पनि उनको भनाइ थियो ।







प्रतिकृया दिनुहोस्