उपसभामुखलाई भोट नहाली विदेश भ्रमणमा जान के को हतारो ?: भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उपसभामुखलाई भोट नहाली विदेश भ्रमणमा निस्कन के को हतारो परेको हो भनेर प्रश्न गरेका छन्।
भट्टराईले गएराति अबेर सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै आफ्नै गठबन्धनकै उम्मेदवारलाई समेत भोट नदिई गएको भन्दै कटाक्ष गरेका हुन्।
हिजो गए हतार हुने, भोलि गए ढिलो हुने, आजै जानु पर्ने ? भन्दै प्रश्न गरेका छन्।
भट्टराईले लेखेका छन्, ‘आफ्नै गठबन्धनका उपसभामुखलाई भोट नहाली विदेश भ्रमणमा निस्कनुपर्ने हतारो के परेछ? हिजो गए हतार हुने, भोलि गए ढिलो हुने, आजै जानु पर्ने? नेपालको राजनीतिमा एउटा कहावत छ- दिल्ली दूर नही हे! हो कि क्या हो?
प्रचण्ड प्रतिनिधिसभाको उपभामुखको निर्वाचन तय भएको दिन शुक्रबार तीन दिने भारत भ्रमणमा निस्किएका थिए।
उपसभामुखमा सत्ता गठबन्धनको समर्थनमा उठेकी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराएकी छन्।
प्रतिकृया दिनुहोस्