न्याय परिषदद्वारा उच्च अदालत बुटवलमा कार्यरत न्यायाधीश साह बर्खास्त
बुटवल- न्याय परिषदले लुम्बिनी प्रदेश अन्तर्गत उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणु साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गर्ने निर्णय गरेकाे छ ।
न्याय परिषदको शुक्रबार बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे । २०७५ सालमा उच्च अदालतकाे न्यायाधीशमा नियुक्त भएकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा रहेको हुनुपर्ने प्रावधान रहेकाे छ । सीटीईभीटीमा कार्यरत साहलाई न्यायाधीश बनाइएको थियो । उनको योग्यतमाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्य ठहर गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्