अर्थमन्त्री विवादमा आजै संसदीय समिति निर्माण गराैँ: उपसभापति खड्का


नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री विवादकाे विषयमा संसदीय समिति बनाएर छानबिन गरी यथार्थ कुरा सार्वजनिक गर्न माग गरेका छन्।
आज(बुधबार) बिहान सामाजिक सञ्जालमार्फत् उपसभापति खड्काले यस्ताे माग गरेका हुन्।
उनले विगतमा पनि यस्ताे परम्परा रहेकाले ढिला नगरी आजै संसदीय समिति निर्माणकाे टुंगाे लगाउने आग्रहसमेत गरे।
फेसबुकमा खड्काले लेखेका छन्, बजेट निर्माणकाे बेलाकाे विषय समेतलाई जाेडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसकाे गम्भीर चासाेकाे विषय बनी सकेपछि याे विषयलाई विश्वासिलाे तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ। विगतमा पनि संसदकाे यस्ताे परम्परा छ। बरु ढिलाे नगराैँ, संसदबाट आजै संसदीय समिति निर्माणकाे टुङ्गाे लगाऔँ।’








प्रतिकृया दिनुहोस्