December 10, 2024, Tuesday
२०८१ मंसिर २५

शतप्रतिशत बालबालिकाले लगाए फाइजर खोप

बाँके- जिल्लामा ५ देखि ११ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकाले नै फाइजर खोप लगाएका छन् ।

असार ९ देखि १५ गतेसम्म सञ्चालन भएको अभियानमा शतप्रतिशत बालबालिकाले कोभिडविरुद्धको फाइजर खोप लगाएको स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले स्कूल–स्कूलमा गएर खोप लगाएको थियो । महिला स्वयंसेविकालाई परिचालन गरिएको थियो । बाँकेमा ७६ हजार २ सय ३९ जना लक्षित समूह रहेको बताइएपनि ७८ हजार २६ जनाले खोप लगाएका छन् । फाइजर खोपको दोस्रो मात्रा एक महिनापछि लगाउने खोप सुपरभाइजर श्रेष्ठले बताए ।