December 12, 2024, Thursday
२०८१ मंसिर २७

बाढीपीडितको उद्दार र राहतमा तत्काल जुट्न कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल उद्दार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन् । 

उनले बुधवार सामाजिक सञ्जालमार्फत तत्काल उद्दार तथा राहतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका  हुन् । 

उनले उद्दार कार्यमा जुट्न कांग्रेसका सबै तहका नेता कार्यकर्तालाई पनि आग्रह गरेका छन् ।