December 10, 2024, Tuesday
२०८१ मंसिर २५

चट्याङ लागेर रूपन्देहीमा एकको मृत्यु

भैरहवा – रूपन्देहीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ।  जिल्लाको सियारी गाउँपालिका २ का ४५ वर्षीय रामनाथ बरईको चट्याङ लागेर मृत्यु भएको हो।

मंगलबार बिहानै खेतमा काम गर्न गएको बेला चट्याङ लागेर बरईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।

प्रहरीका अनुसार चट्याङ लागेर खेतमा नै मृत्यु भएका बरईको शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।