दाइजो नल्याएको भन्दै श्रीमतीको हत्या गरेर प्रहरी चौकी


अर्घाखाँची– दाइजो नल्याएको भन्दै श्रीमतीको हत्या गरेर अर्घाखाँचीको मालारानीका एक व्यक्ति आफै प्रहरी चौकी पुगेका छन् । मालारानी–२, डाँडाकटेरीका कमल भुसालले श्रीमती २७ वर्षीय सरु भट्टराईको हत्या गरेका हुन् ।
प्रहरी समक्ष उनले दिएको बयान अनुसार श्रीमतीलाई घाँस दाउरा काट्न भन्दै खर्यानमा पुर्याएका थिए । खर्यानमा पुर्याएको केही समयपछि श्रीमतीको हत्या गरेका थिए । त्यसपछि प्रहरी कार्यालय खनमा पुगेर कमलले आत्मसमर्पण गरेका थिए ।
प्रहरी नायव परीक्षक अर्जुन पौडेलका अनुसार कमलले आफुले कम्मरमा बाँधेको रुमालले सरुको मुख थुनेर हत्या गरेको र शवलाई खोल्सामा फालेर स्याउलाले छोपेको खुलेको छ । कमलको दुई वर्षअघि रूपन्देहीको सैनामैना–४ कि सरूसँग मागी विवाह भएको थियो ।
विवाहको केही समयपछि दाइजोको विषयमा कमलले श्रीमतीलाई तनाव दिने गरेको माइती पक्षले आरोप लगाएको छ । कमललाई प्रहरीले नियन्त्रणमा राखेर सोधपुछ पर्दा मुख थुनेर र घाँटी च्यापेर हत्या गरेको स्वीकारेका थिए । सरू र कमलको एक वर्षको छोरा छन् ।








प्रतिकृया दिनुहोस्