कारागारमा रहेकी अबिवाहित बन्दीले जन्माइन् छोरा
दाङ– अबिवाहित एक बन्दीले बच्चा जन्माएकी छिन् । दाङको तुलसीपुरस्थित कारागारमा रहेकी बाँके जिल्ला निवासी ३७ बर्षीया एक बन्दीले बच्चा जन्माएकी हुन् । कारागारका जेलर अमर वलीका अनुसार गएको शनिबार राप्ति प्रादेशिक अस्पतालमा उनले बच्चा जन्माएकी हुन् । उनको छोरा जन्मिएको छ ।
दाङको लालमटियामा रहेको ग्रामीण विकास बैंकमा क्यासिएर पदमा कार्यरत रहेको अवस्थामा बैंकमा हिनामिना गरेको आरोपमा पक्राउ परेकी उनलाई गएको जेठ २८ गतेदेखि अदालतले कारागार चलान गरेको थियो । त्यसयता उनी तुलसीपुर कारागारमा थिइन् । उच्च अदालत तुलसीपुरले बैंकको रकम हिनामिना गरेको ठहर गर्दै ३० लाख धरौटी मागेको थियो । तर, उनले ३० लाख तिर्न नसकेपछि कारागार कार्यालय तुलसीपुरमा चलान गरिएको थियो ।
उनी बैंकको लालमटिया शाखामा कार्यरत रहँदा फेसबुकमा एक ब्यक्तिसँग चिनजान भयो । उनका अनुसार ति ब्यक्ति काँग्रेस डडेलधुराका पूर्व सभापति रघुविर भट्ट थिए । उनीसँग कुराकानी नियमित भइरह्यो । त्यसपछि भट्टले विहेको प्रस्ताब गरे । उनी त्यसमा प्रभाबित भइन् । त्यसपछि गएको भदौमा काठमाडौंमा उनीहरुको भेट भयो र त्यहाँ शारिरीक सम्बन्ध भएको ति बन्दीको दावी छ ।
त्यहाँ उनीहरुबीच शारीरिक सम्पर्क भएपछि उनको पेटमा बच्चा रहेको ती महिलाले दावी गरिन् । बच्चा भएको थाहा पाएपछि भट्टले निरन्तर त्यो बच्चालाई फाल्न भनिरहेका थिए । विहे गर्छु भनेर आफूलाई बाचा दिएकाले आफूले पेटको बच्चा नफालेको ति बन्दीले बताइन् । कारागारमा हुँदा पनि आफूले नियमित भट्टलाई फोन गरिरहेको बताउँछिन् । तर, भट्टले सधै बच्चा फाल्न भनिरहेको उनले जनाइन् ।
पछिल्लो समय भट्ट सम्पर्कमा नआएको समेत ति बन्दीको भनाई छ । यस विषयमा बुझन् खोज्दा भट्टको फोन उठेन । भट्ट करिब ५० बर्ष उमेरको रहेको समेत ति बन्दीले बताइन् । यस अघि तुलसीपुर कारागारमा २ जना बच्चासहितका कैदी थिए । आमा कैदी बन्दी रहेको र बच्चा साथमै रहेको अबस्थामा थिए । अब थप एक जना भएसंगै कारागारमा ३ जना बच्चासहितका महिला रहेको कारागारका जेलर वलीले बताए ।
अहिले ति बन्दीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ । बच्चाको अस्बस्था सामान्य छ । केही दिन पछि डिस्चार्ज गर्ने र डिस्चार्ज पछि ति बन्दीलाई पुनः कारागारमा ल्याइने वलीले बताए ।
प्रतिकृया दिनुहोस्