December 12, 2024, Thursday
२०८१ मंसिर २७

चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन: पोखरेल

भैरहवा– नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने जनाएका छन् ।

रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

Advertisement

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’

पत्रकार रवि लामिछाने राजनीतिमा प्रवेश गरेसँगै उनले घोषणा गरेको पार्टी र सिद्धान्तलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुले टिकाटिप्पणी गरिरहेका छन् ।