June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

कांग्रेस सरकारले कहिल्यै राष्ट्रलाई अहित हुने काम गर्दैनः प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा शुक्रबार नेता सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरे।
उनले राष्ट्रहितविपरीतका काम कांग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह गरे। उनले हरेक सरकारले चाल्ने गतिविधि पारदर्शी हुन आवश्यक रहेको पनि बताए। उनले स्टेट पार्टनरसिप प्रोग्राममार्फत विपद्का बेला सरकारले नागरिकका लागि सहयोग मागेको बताए।

Advertisement

उनले भने, ‘राष्ट्रलाई अहित हुने काममा कांग्रेसलाई इन्भल्व हुने कुरा कांग्रेस सरकारले गर्छ भनेर सोच्ने कुरा ठीक होइन। त्यसबेलाको प्रधानमन्त्री, को परराष्ट्रमन्त्री थियो भन्ने रेकर्ड राख्ने राम्रै होला, त्यसमा के लुकेको छ ? ट्रान्सपरेन्ट तवरले हरेक कुरा टुंगो लाग्नुपर्छ । लुकिछिपी गर्ने, यो डकुमेन्टमा हाम्रो सहभागिता छैन भनेर लुकाउने कुरा आउँदैन। स्टेटलाई अघि बढाउँदा कुनै कुरा, डकुमेन्टमा पनि अपारदर्शी, शंकाको दृष्टिले हेर्ने गरी कुनै ठाउँ राख्नु हुँदैन।’

नेता सिंहले सरकारले कुनै पनि हालतमा एसपीपी सम्झौता स्वीकार्य नहुने भनिसकेको भन्दै यसलाई शंकाको दृष्टिले हेर्न उचित नहुने बताए।