July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

एसपीपी नेपालको हितमा छैन, अघि बढ्दैन: परराष्ट्रमन्त्री

पराराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन्।

Advertisement

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खड्काले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन्।

Advertisement

उनले भने, ‘अमेरिकाले ल्याएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको हितमा छैन। त्यसैले सरकारलाई स्वीकार्य पनि छैन। नेपाल आफ्नो देशको सार्वभौमसत्ता र संविधानको व्यवस्थाविपरीत र असंलग्न परराष्ट्र नीतिबाट बाहिर जान सक्दैन। नेपाल भूराजनीतिमा अति संवेदनशील छ। हामी संयुक्त राष्ट्र संघको सदस्य पनि भएकाले यस्ता कुनै पनि प्रकारको सामरिक सैन्य रणनीतिमा जान सक्दैनाैँ। हाम्रो संविधानले पनि दिँदैन। हाम्रा अन्य सम्बन्धले पनि दिँदैन। त्यसको च्याप्टर क्लोज भयो।’

बैठकमा प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौडेल, रक्षा सचिव किरणराज शर्मालगायत सहभागी छन्। बैठक बिहान ९ बजेदेखि सुरु भएकाे हाे।