December 10, 2024, Tuesday
२०८१ मंसिर २५

करेन्ट लागेर एकजनाको मृत्यु

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज  बिहान घर नजिकको खेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा  करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते उनको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको  हो । घटनाबारे  थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।